आइतबार ०६ पुस, २०८२

तारकेश्वरमा मृत भेटिएकी महिलाको सनाखत

तारकेश्वरमा मृत भेटिएकी महिलाको सनाखत

काठमाडौं । काठमाडौंको तारकेश्वरमा आज बिहान मृत फेला परेकी महिलाको सनाखत भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार मृतक महिला धादिङको ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमती बस्दै आएकी २६ वर्षीय तिलमाया तामाङ हुन् ।

उनी आज बिहान तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानको फलामेबारमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रहरीले उनका आफन्तको भनाइ उद्धृत गर्दै दिएको जानकारी अनुसार तिलमाया गएरातिदेखि हराएकी थिइन् ।