छानबिन समितिलाई ४ दलका प्रमुख सचेतकहरूले दिए सुझाव
काठमाडौं । निजामती विधेयकमा भएको भनिएको गडबडीबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई प्रमुख चार राजनीतिक दलका मुखय र पमुख सचेतकहरूले सुझाव दिएका छन् ।
छानबिन समितिले सोमबार नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सन्तोष परियारलाई बोलाएको थियो ।
कांग्रेसका प्रमुख सचेतक घिमिरेको डेढ मिनेट जति मात्रै बोले । निजामती विधेयकमा धेरैको चासो रहेको र यो स्वभाविक भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘तपाईंहरुको निष्कर्ष मान्छौं ।’
एमालेका मुख्य सचेतक महेश बर्तौलाले गल्ति पत्ता लगाउन समितिलाइ सुझाए ।
उनले भने, ‘निजामती विधेयकमा भएको गडबडी ह्युमन इरर हो कि इन्टेसन हो पत्ता लगाउनुहोस् ।’
कांग्रेसका प्रमुख सचेतक घिमिरे र एमालेका मुख्य सचेतक बर्तौला कुलिङ पिरियड चाहिन्छ वा चाहिँदैन भन्ने विषयमा प्रवेश गरेनन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने ‘कुलिङ पिरियड लागू हुन नदिने गरी षडयन्त्र भएको’ दाबी गरेका छन् ।
माओवादी प्रमुख सचेतक पाण्डेले भनेका छन्, ‘यहाँ उच्च पदस्थ कर्मचारीको संलग्नता छ, यो छेडखानी हो । दोषीलाई कडा कारबाहीका लागि सिफारिस समितिबाट होस् ।’
