ओलीलाई भीम रावलको व्यङ्ग्य : सुतेको समय पनि घटाउने कि ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेद हदको विषयमा दिएको अस्वभाविक तर्कबारे नेता भीम रावलले व्यङ्ग्य गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले ७० वर्षे उमेर हद लगाउने भए आफू जेल बसेको समय घटाउनु पर्ने प्रस्ताव गरेका थिए । यसै विषयला लिएर रावलले काम नगरी सुतेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि भन्दै व्यङ्ग्य गरेका हुन् ।
केपी ओलीसँगको विवादकै कारण एमाले छोडेका नेता रावलले राजनीतिमा आउनुअघि बाल्यकाल र बिरामी भई काम नगरेको समयावधिसमेत घटाउन व्यङ्ग्यात्मक सुझाव दिएका छन् ।
‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा के.पी.बाट बैठकमा पेस भएछ’, रावलले अघि लेखेका छन्, ‘के.पी.को अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र विरामी भई काम नगरेको समयावधि पनि घटाउन पार्टीमा कार्यदल गठन गर्ने कि ?’
