आइतबार ०६ पुस, २०८२

ओली-भण्डारीको भेटवार्ता सकियो

ओली-भण्डारीको भेटवार्ता सकियो

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

उनीहरूबीच एमाले मुख्यालय च्यासलमा एक्लाएक्लै भेटवार्ता भएको थियो ।

उक्त छलफल भर्खरै सकिएको हो ।

उनीहरूबीच करिब २ घण्टा एक्लाएक्लै छलफल भएको स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार, पछिल्लो समसामयिक विषयमै केन्द्रित रहेर छलफल भएको बुझिएको छ । यद्यपि, छलफलको विषय बाहिर आएको छैन ।

ओली-भण्डारी च्यासलबाट बाहिरिसकेका छन् । यद्यपि उनले कुनै प्रतिक्रिया भने दिइनन् ।