सञ्चार माध्यम स्वनियमनमा जानुपर्छ : सांसद शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले सञ्चारमाध्यम आफैं स्वनियमनमा जानुपर्ने बताएकी छन् ।
आइतबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै शर्माले पत्रकारिताको नाममा भएका अराजकता रोक्नुपर्ने बताइन् ।
‘सकेसम्म स्वनियमनमा जानुपर्छ, पत्रकारहरु आफैँ आफ्नो आचारसंहितामा जानुपर्छ’, उनले भनिन्, ‘सबैका संस्कार, आचारण, सबैका नकारात्मक कुराहरूमा टिप्पणी गर्ने पत्रकारिता क्षेत्र आफैँ अराजक भयो भने त्यसले समाजमा राम्रो गर्दैन ।’
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी शर्माले सबैखाले सञ्चारमाध्यमलाई समेट्न सक्ने नियामक निकाय आवश्यक धारणा राखिन् ।
