आइतबार ०६ पुस, २०८२

संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित

संसदीय समितिको बैठकमा प्रधानमन्त्री अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले विश्वव्यापी आवाधिक समीक्षाबारेको छलफलमा प्रधानमन्त्री ओलीलाई बोलाएको थियो ।

छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समितिको बैठकमा पठाएका छन् ।

मुख्यसचिव एकनारायण अर्याल र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका अन्य अधिकारीहरू सहभागी छन् ।