आइतबार ०६ पुस, २०८२

नेपाल–भारतका गृहसचिव स्तरीय छलफल नयाँ दिल्लीमा हुँदै

नेपाल–भारतका गृहसचिव स्तरीय छलफल नयाँ दिल्लीमा हुँदै

काठमाडौं । नेपाल सरकार र भारत सरकारका गृहसचिव स्तरीय छलफल नयाँ दिल्लीमा हुने भएको छ ।

गृहसचिव स्तरीय छलफल मंगलबार हुने तय भएको छ । त्यसका लागि गृहसचिव गोकर्णमणि दुवाडी नेतृत्वको टोली सोमबार नयाँ दिल्ली प्रस्थान गर्ने गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए ।

उनका अनुसार गृहसचिवसहित १२ सदस्यीय टोली नयाँ दिल्ली जाने । जहाँ गृहसचिव गोकर्णमणि दुवाडीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक/एक जना एआईजी, परराष्ट्रट मन्त्रालय, कानून मन्त्रालयका सहसचिव, नापी विभागका महानिर्देशकसहितको टोली नयाँ दिल्ली जान लागेको हो ।

यो छलफल विशेषगरी सुरक्षासँग समन्धीत हुने प्रवक्ता तिवारीले बताए । जहाँ क्रस बोर्डर क्राइम, सीमा सुरक्षा, सूचना संयन्त्र तथा इन्टेलिजेन्स, लागुऔषध नियन्त्रण र चोरी तस्करी लगायत विषयमा छलफल हुने बताइएको छ ।

त्यसैगरी पारस्परिक कानुनी सहायता (एमएलए) को विषयमा पनि छलफल हुने बताइएको छ । हरेक वर्ष बस्दै आएको गृहसचिवस्तरीय छलफल सन् २०१६ पछि बस्न सकेको थिएन ।