नेपाल युवा उद्यमी मञ्च अध्यक्षमा सुदीप घिमिरे निर्वाचित
काठमाडौं । नेपाल युवा उद्यमी मञ्चको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुदीप घिमिरेको अध्यक्षमा नयाँ राष्ट्रिय कार्यकारिणी परिषद् चयन गर्दै साधारण सभा समापन भएको हो ।
परिषद्को पदाधिकारीमा निवर्तमान अध्यक्ष कुशल सुन्दर श्रेष्ठ, प्रथम उपाध्यक्ष आभूषण ज्योति कंसाकार, द्वितीय उपाध्यक्ष निविता प्रधान, महिला उपाध्यक्ष ऋचा श्रेष्ठ रहेका छन् ।
यस्तै, सदस्यहरूमा कृष्ण सापकोटा, पवित्रबहादुर गौतम, विलाशा श्रेष्ठ, युनेशराज श्रेष्ठ, सुविन श्रेष्ठ र अभिमन्यु गोल्छा रहेका छन् ।
