आइतबार ०६ पुस, २०८२

राप्रपा विवाद : मुकुन्दश्यामलाई पुनर्बहाली गर्न १६ जनाको संयुक्त अपिल

राप्रपा विवाद : मुकुन्दश्यामलाई पुनर्बहाली गर्न १६ जनाको संयुक्त अपिल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई गरिएको कारबाही फिर्ता गर्न कर्णाली प्रदेशका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले माग गरेका छन् ।

संयुक्त रुपमा वक्तव्य जारी गर्दै १५ जना पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले कारबाही फिर्ता गर्न माग गरेका हुन् ।

पार्टीको स्थापनाकालदेखि सक्रिय रहेका गरीलाई पदमुक्त गरेकोप्रति ध्यानाकर्षण गराउँदै उनीहरुले विधानविपरीत भएको कारबाही तत्काल फिर्ता गर्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई आग्रह गरेका छन् ।

पार्टी सञ्चालनको विषयलाई लिएर जारी गरिएको वक्तव्यमा गिरी पनि सहभागी भएपछि अध्यक्ष लिङ्देनले मुदमुक्त गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष गिरी, महामन्त्रीद्वय डा. धवलशम्शेर राणा र कुन्ती शाहीले संयुक्त वक्तव्य जारी गर्दै लिङ्देनको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

आफूमाथि प्रश्न उठ्न थालेपछि लिङ्देनले सामाजिक सञ्जालमा समेत पार्टीबारे लेख्न र बोल्न बन्देज लगाएका छन् । त्यसो गरे अनुशासनको कारबाही गर्ने चेतावनी दिएका छन् ।

पदमुक्त गरिएका गिरी आजै निर्वाचन आयोग जान लागेका छन् । विधानविपरीत कारबाही गरिएको भन्दै उनी आयोग जान लागेका हुन् ।