विश्वव्यापी आवाधिक समीक्षाबारेको छलफलमा प्रधानमन्त्री ओलीलाई बोलावट
काठमाडौं । विश्वव्यापी आवाधिक समीक्षाबारेको छलफलमा संसदीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिमा विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा छलफल छ । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यसचिव एकनारायण अर्याललाई आमन्त्रण गरिएको छ ।
समितिको बैठक सिंहदरवारस्थित समितिकै कार्यकक्षमा दिउँसो १ बजे बस्नेछ ।
