सोमबार ०७ पुस, २०८२

हुम्लामा किराना पसलमा आगलागी

हुम्लामा किराना पसलमा आगलागी

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–४ झापुकुनाको एक किराना पसलमा आगो लागेको छ ।

मानदेव शाहीले सन्चालन गरेको किराना पसल आगोमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।

पोखरेलका आज बिहान आगलागी हुँदा किराना पसलका सामान, स्टेशनरी, कपडा लगायतका सामग्री जलेर नष्ट भएको छ । आगलागीबाट कति क्षति भयो भन्ने यकिन विवरण आउन बाँकी छ ।

आगो निभाउन स्थानीयवासी र सर्केगाड प्रहरी टोली खटिएका थिए ।