एमालेको पोलिटब्यूरो बैठक सुरु
काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।
हिजो बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको थियो।
साथै बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कने विषयले पनि प्रवेश पाएको थियो।
