एमालेमा बलियो नेतृत्व सुनिश्चित भयो : शंकर पोख्रेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पाटीमा बलियो नेतृत्व सुनिश्चित भएको बताएका छन् ।
राति सकिएको सचिवालय बैठकपछि शुक्रबार बिहान फेसबुक मार्फत उनले एमालेमा विधि निर्माणको काम सकिएको संकेत गरकेा हुन् ।
‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन ८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ,’ उनले लेखेका छन् ।
बिहीबार बसेको एमालेको सचिवालय बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको थियो । यो पृष्ठभूमिमा महासचिव पोख्रेलले पार्टीमा बलियो नेतृत्व सुनिश्चित भएको बताएका हुन् ।
