विश्व बैंकबाट डेढ अर्ब अनुदान प्राप्त हुँदै
काठमाडौं । विश्व बैंकले नेपाललाई डेढ अर्ब रुपैयाँ (१ करोड ८ लाख अमेरिकी डलर) अनुदान सहायता दिने भएको छ ।
३० असारमा बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उक्त परिमाणकोे अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
यो अनुदान विद्यालय क्षेत्र सुधार कार्यक्रममा खर्च हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
