आइतबार ०६ पुस, २०८२

मदन भण्डारी हिरक महोत्सव मनाउन डोरमणिको अध्यक्षता समिति

मदन भण्डारी हिरक महोत्सव मनाउन डोरमणिको अध्यक्षता समिति

काठमाडौं । नेकपा एमालेका दिवंगत नेता मदन भण्डारीको स्मृतिमा हिरक महोत्सव मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा मदन भण्डारी हिरक महोत्सव समिति गठन गरिने भएको छ ।

फाउन्डेसनका अनुसार भण्डारीको ७५औं जन्म जयन्तीको सन्दर्भमा उनको व्यक्तित्व, कृतित्व र योगदानलाई जनसमक्ष पुर्‍याउने उद्देश्यले ‘जननेता मदन भण्डारी ७५ औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ गठन गर्न खोजिएको हो ।

फाउन्डेसनले मंगलबार यसबारे जानकारी दिन पत्रकार सम्मेलन पनि आयोजना गरेको छ ।

१४ असार २००९ मा जन्मिएका भण्डारीको ३ जेठ २०५० मा दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो । ४१ वर्षमै दुर्घटनामा ज्यान गुमाएका भण्डारी जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता हुन् ।

०४६ भदौमा सम्पन्न नेकपा मालेको चौथो महाधिवेशनबाट महासचिव भएका भण्डारीले झन्डै साढे तीन वर्ष मात्रै खुला राजनीतिमा बिताउन पाए ।

उनकै स्मृतिमा गठन गरिएको फाउन्डेसनले हिरक महोत्सव मनाउने तयारी सुरु गरेको हो ।