सोमबार ०७ पुस, २०८२

पर्यटन बोर्डले छान्यो महिनाका ३ उत्कृष्ट तस्वीर, जनही २५ हजार पुरस्कार

पर्यटन बोर्डले छान्यो महिनाका ३ उत्कृष्ट तस्वीर, जनही २५ हजार पुरस्कार

काठमाडौं । नेपाल पर्यटन बोर्डले महिनाका ३ उत्कृष्ट तस्वीर छनोट गरी पुरस्कृत गरेको छ ।

बोर्डको मासिक अनलाइन फोटोग्राफी प्रतियोगिता फोटो नेपालका विजेता घोषणा गर्दै पुरस्कृत गरेको हो ।

जुन २०२५ भरी आएका फोटोले नेपालका प्राकृतिक दृष्य, सांस्कृतिक सम्पदा र जनजीवनलाई रचनात्मक ढंगले प्रस्तुत गरेको बोर्डले जनाएको छ ।

यस संस्करणमा प्राप्त कुल २ सय ४१ तस्वीरमध्ये उत्कृष्ट ३  छानिएको हो । जसमा बबी शाहको लाखे, सुशील श्रेष्ठको साँझदेखि बिहानसम्म र प्रियाशुं कर्णले खिचेको जनकपुरधाम पुरस्कृत भएका छन् ।

विजेतालाई जनही २५/२५ हजार नगद पुरस्कार दिइने भएको छ ।