सोमबार ०७ पुस, २०८२

काठमाडौँबाट कावासोती जाँदै गरेकी महिला गल्छीबाट सम्पर्कविहीन, सशस्त्रले थाल्यो खोजी

काठमाडौँबाट कावासोती जाँदै गरेकी महिला गल्छीबाट सम्पर्कविहीन, सशस्त्रले थाल्यो खोजी

काठमाडौँ । काठमाडौँबाट हाइस माइक्रो चढेर कावासोतीतर्फ जाँदै गरेकी एक जना महिला सम्पर्क विहीन भएकी छन् । आइतबार साँझ धादिङको गल्छीबाट उनी सम्पर्क विहीन भएकी हुन् । 

करिब ३२ वर्षीया महिला शौच गर्न गएको र नफर्केको भनेर बा.३ ख ८०९१ नम्बरको माइक्रो चालकले जिल्ला प्रहरी कार्यालय धादिङको कन्ट्रोल रुममा खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस आदमघाटको टोलीले उनको खोजी थालेका छन् । शौच गर्न गएको ठाउँभन्दा करिब ५० फिट तल महिलाको एक जोर चप्पल भेटिएको छ । 

ती महिलाले चप्पल छाडेर नदीमा हाम फालेको हुनसक्ने खोजीमा संलग्न अधिकृतहरू बताउँछन् । नदी क्षेत्रमा खोजी तीव्र पारिएको छ ।