चाँदीको मूल्य नयाँ उचाइमा, ४ सय बढ्यो सुन
काठमाडौं । चाँदीको मूल्य पहिलो पटक तोलामा २३ सय नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि चाँदीको भाउ प्रतितोला २ हजार ३१५ रुपैयाँ तोकेको छ, जुन मूल्य अघिल्लो दिनको तुलनामा ३० रुपैयाँ बढी र अहिलेसम्मकै उच्च हो ।
सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँ बढेको छ । महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो ।
