आइतबार ०६ पुस, २०८२

सरकारलाई एमाले सचेतकको सुझाव :  बाचा होइन, जवाफदेहिता चाहन्छन् जनता

सरकारलाई एमाले सचेतकको सुझाव :  बाचा होइन, जवाफदेहिता चाहन्छन् जनता

 काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले जनताले सरकारबाट बाचा मात्रै नचाहेको बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनताले सरकारबाट जवाफदेहिता चाहिरहेको बताएकी हुन् ।

‘आज राज्यका निकायहरू कामजोर हुने र निश्प्रभावी भएका हुन् कि भन्ने प्रश्नबाट सरकारको विशेष ध्यान जानुपर्छ’ बरालले भनेकी छन्, ‘आज नेपाली जनताले बाचा होइन, जवाफदेहिता चाहेका छन भन्ने कुरा सम्मानित सभामुखमार्फत नेपाल सरकारको ध्यानाकगषण गराउन चाहन्छु ।’

जनताले बाचा होइन, जवाफदेहिता चाहेको भनेर सरकारको ध्यानाकर्षण गराउनु अगाडि पृष्ठभूमिमा एमालेकी सचेतक बरालले गैरसरकारी संस्थाबाट नेपालीहरू भिजिट भिसामा विदेश जाने गरेको स्मरण गरिन् ।

बरालका अनुसार ‘विभिन्न मुलुकका विभिन्न कार्यक्रममा कतिपय सरकारी कर्मचारी, राजनितिज्ञ, खेलाडी, कलाकार, व्यवसायी, पत्रकारहरू जाने कुरा स्वभाविक छ ।’

यस्तोमा विदेशी मुलुकले भिसा अप्रोच गरेका व्यक्तिलाई भिसा दिने कि नदिने भनेर नेपाल सरकारलाई नसोध्ने पनि उनले स्मरण गरिन् । तर, दुरुपयोग भएको छ भने यो संवेदनशिल विषय रहेको उनको भनाइ छ ।

एमाले सचेतक बरालले भनेकी छन्, ‘तर, अहिले केही गैरसरकारी संस्थाहरूले असम्बन्धित व्यक्तिहरूलाई विदेशी कार्यक्रमहरूमा पठाउने गरेको समाचार निकै संवेदनशिल छ ।’

यस्तो विषयमा गम्भीर हुन आवश्यक रहेको उनको आग्रह छ ।

‘यदि कुनै संस्थाले आफ्नो संस्थाको आर्थिक लाभको लागि होस् वा संस्थाको दुरुपयोग गरेर व्यक्तिगत लाभका लागि होस् यस्तो गरेको छ भने राज्यका निकायहरूमार्फत छानबिनको दायरामा ल्याइनुपर्छ र दोषीलाई कारबाहीको विषय बनाइनुपर्छ’, सरकारलाई एमाले सचेतक बरालको सुझाव छ ।