शैक्षिक सुधार गर्न सार्वजनिक पुस्तकालयदेखि खुला अध्ययन केन्द्रसम्म स्थापना गर्ने घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा गुणस्तरीय र समावेशी शिक्षा प्रणाली विकास गर्ने गरी नयाँ शैक्षिक कार्यक्रम ल्याउने भएको छ ।
आइतबार नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन साहले स्टिम शिक्षा, स्पोर्टस एकेडेमी, डिजिटल कक्षा र उद्यमशीलता क्लब स्थापना गर्ने बताएका हुन् ।
त्यस्तै, विशेष आवश्यकता भएका विद्यार्थीलाई ध्यानमा राख्दै अपाङ्गता, अटिजम तथा फरक क्षमता भएका बालबालिकाका लागि छुट्टै विशेष शिक्षण केन्द्र र पहुँचअनुकूल पूर्वाधार निर्माण गर्ने महानगरको योजना छ ।
समग्र शैक्षिक सुधारका लागि सार्वजनिक पुस्तकालय र खुला अध्ययन केन्द्र स्थापना गरिने पनि उल्लेख गरिएको छ ।
