सोमबार ०७ पुस, २०८२

जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले दुई केन्द्रीय नेतालाई स्पष्टीकरण सोधेको छ ।

कार्यकारिणी सदस्य शम्भुनाथ साह र विरेन्द्र साह सोनारलाई स्पष्टीकरण सोधिएको हो ।

अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले दुवै जनालाई सात दिनभित्र स्पष्टीकरण बुझाउन पत्र काटेका छन् ।

दुवै जनालाई सामाजिक सञ्जालमा पार्टी निर्णयको विरोध गरेको कारणले स्पष्टीकरण सोधिएको छ ।

पार्टीको अहित हुने गरी कार्य गरेको हुँदा किन कारबाही गर्नु नपर्ने ? भन्दै स्पष्टीकरण सोधिएको छ ।