सोमबार ०७ पुस, २०८२

बामदेव गौतम एकीकृत समाजवादीमा जाने, साउन २ गते एकता घोषणा

बामदेव गौतम एकीकृत समाजवादीमा जाने, साउन २ गते एकता घोषणा

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।

साउन २ गते राष्ट्रिय सभा गृहमा समारोह आयोजना गरी नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीको एकता घोषणा गरिने छ ।

यस सम्बन्धी सहमतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमल हस्ताक्षर गरेका छन् ।