सोमबार ०७ पुस, २०८२

यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई

यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनका संस्थापक स्व. हेमबहादुर मल्लको सम्मानमा स्थापना गरिएको ‘हेमबहादुर मल्ल सम्मान २०८०’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल जनप्रशासन सङ्घ र कर्पोरेसनले संयुक्तरूपमा बिहीबार  आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उनलाई सम्मान प्रदान गरेको हो ।

उनले न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्याएको योगादनस्वरूप श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिएको सङ्घले जनाएको छ । उक्त पुरस्कारको राशि दुई लाख र सम्मानपत्र रहेको छ । कानुन र राजनीतिशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरी जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतको न्यायाधीश हुँदै श्रेष्ठ मुलुकको २५औँ प्रधानन्यायाधीश बनेका थिए ।

सङ्क्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरण समन्यायका सवालमा श्रेष्ठको विचार, अडान र फैसलाको ऐतिहासिक भूमिकालगायतको विशिष्ट योगदानको कदरस्वरूप उनलाई यो सम्मान प्रदान गरिएको हो । लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले उक्त उनको नाम सिफारिस गरेको थियो ।

सो अवसरमा प्रधानन्यायाधीश राउतले श्रेष्ठ नेपालको सिङ्गो न्यायिक इतिहासलाई प्रतिविम्बित गर्ने सामथ्र्य राख्ने व्यक्तित्वका रूपमा रहेको बताए । ‘विधिको शासन, न्यायिक अक्षुण्यता, स्वतन्त्र न्यायपालिका र मानवअधिकारका क्षेत्रमा श्रेष्ठले दिएको योगदान स्मरणीय छ,’ उनले भने ।

पुरस्कृत व्यक्तित्व श्रेष्ठले राज्यका विभिन्न अङ्ग, निकाय र तहले जवाफदेही ढङ्गबाट सेवा प्रवाह गर्न नसक्दा मुलुकमा सुशासन कायम गर्न कठिन भइरहेको जनाउँदै त्यसतर्फ सरोकारवालाको ध्यान पुग्नुपर्ने बताए । पुरस्कार छनोट समितिका संयोजक मैनालीले संस्थागत नेतृत्व क्षमता, दृढता, बौद्धिकता र विवेकको उच्च मूल्याड्ढन गर्दै उनलाई पुरस्कारका लागि सिफारिस गरिएको बताए । कर्पोरेसनसका अध्यक्ष प्रदीपलाल श्रेष्ठले दैनिक उपभोग्य वस्तुको सहज र सरल आपूर्तिमा संस्थाले काम गर्दै आइरहेको जानकारी दिए ।

ख्यातिप्राप्त प्रशासक एवं व्यवस्थापक मल्लले साल्ट ट्रेडिङ कर्पोरेसनको नेतृत्व तहमा रही सार्वजनिक वितरण, सेवा र व्यवस्थापनमा दिएको योगदानको कदर गर्दै २०७५ सालमा सो सम्मान स्थापना गरिएको हो । सङ्घले सार्वजनिक प्रशासन, व्यवस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पु¥याउने व्यक्ति वा संस्थालाई वर्षेनि हेमबहादुर मल्ल सम्मान प्रदान गर्दै आएको छ । सो सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान् कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशंकर लालदास र डा भेषबहादुर थापा सम्मानित भइसकेका छन् ।