सोमबार ०७ पुस, २०८२

किलोमै ७५ रुपैयाँ बढ्यो हरियो धनियाँको मूल्य

किलोमै ७५ रुपैयाँ बढ्यो हरियो धनियाँको मूल्य

काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार शुक्रबार हरियो धनियाँको भाउ बढेको हो ।

आज हरियो धनियाँको औसत भाउ थोकमा प्रतिकिलो ७५ रुपैयाँ बढेको छ ।

बिहीबार हरियो धनियाँ प्रतिकिलो २ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आज भने हरियो धनियाँ प्रतिकिलो ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

असार पहिलो साता हरियो धनियाँ प्रतिकिलो ५४ रुपैयाँमा कारोबार भएको थियो ।