सोमबार ०७ पुस, २०८२

डुम्रे-बेसीशहर–चामे सडक खण्डमा राति सवारी चलाउन रोक

डुम्रे-बेसीशहर–चामे सडक खण्डमा राति सवारी चलाउन रोक

काठमाडौं । मनसुनजन्य विपद्‍बाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर राख्दै डुम्रे-बेसीशहर–चामे सडक खण्ड अन्तर्गत बेसीशहरदेखि मनाङको सिमानासम्मको सडक खण्डमा रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङले बिहीबार सूचना जारी गर्दै २५ असारदेखि साउन मसान्तसम्म साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको हो ।

जिल्ला सुरक्षा समिति लमजुङको २४ असारमा बसेको बैठकले यस वर्षको मनसुनजन्य विपद्‍बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस्तो निर्णय  गरेको हो ।

उक्त सडक खण्ड पहिरोको बढी जोखिम रहेकोले यस्तो निर्णय गर्नु परेको प्रशासनले जनाएको छ ।