सोमबार ०७ पुस, २०८२

त्रिशूली नदी किनारामा भेटियो पुरुषको शव

त्रिशूली नदी किनारामा भेटियो पुरुषको शव

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदी किनारामा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार करिब ४५/५० वर्षको देखिने एक पुरुषको शव बिहीबार फेला परेको हो ।

केही अंग नभएको पुरुषको शव रहेको भन्ने खबर स्थानीयले गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

पहिचान खुल्न नसकेको पुरुषको शवलाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएइको छ ।

नदी किनारामा फेला परेको शव २४ असारमा रसुवामा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिको हुन सक्ने आशंका गरिएको छ ।