निफ्राको हरित ऊर्जा ऋणपत्र बजारमा सूचीकृत
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को हरित ऊर्जा ऋणपत्र दोस्रो बजारमा सूचीकृत भएको छ ।
६ प्रतिशत ब्याजदर रहेको, ७ वर्षे अवधिको यस ऋणपत्र बजारमा कारोबारमा आउने छ । बिहीबारदेखि कारोबार सुरु हुने नेप्सेले जनाएको छ । अंकित मूल्य १ हजारका दरको कुल ५० लाख कित्ता ऋणपत्र बजारमा सूचीकृत भएको हो ।
ऋणपत्रबाट संकलित रकम २५ मेगावाटसम्मका रनअफ रिभर जलविद्युत् परियोजना र सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने निफ्राले जनाएको छ ।
यो ऋणपत्र जारी गर्नका लागि कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी ९कोइका० तथा ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) ले प्राविधिक सहायता गरेका थिए ।
