आइतबार ०६ पुस, २०८२

वाईसीएलले श्रम तथा उत्पादन अभियान चलाउने

वाईसीएलले श्रम तथा उत्पादन अभियान चलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग ९वाईसीएल० नेपालले ‘श्रम तथा उत्पादनमा वाईसीएल‘ नामक दुई महिने श्रम अभियान सञ्चालन गर्ने भएको छ ।

भर्चुअल माध्यममा बुधबार बसेको केन्द्रीय समिति दोस्रो पूर्ण बैठकले १७ र १८ असारमा बसेको पदाधिकारी बैठकले गरेका निर्णय अनुमोदन गरेको हो ।

अभियानको उद्घाटन १ साउनमा पार्टी अध्यक्ष प्रचण्डले गर्ने तय भएको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले सम्बोधन गर्दै सबै एकताबद्ध भई संगठनले गरेका निर्णय कार्यान्वयन गर्न र अभियान सफल पार्न आह्वान गरे ।

प्रकृतिजन्य विपद व्यवस्थापनलाई आफ्नो मुख्य कार्यक्रममा समेट्दै विपद् व्यवस्थापन एसटीएफ गठन गरेको छ । विपद् व्यवस्थापन पूर्व तयारी स्वरुप आफ्नो जनशक्ति तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको वाईसीएल अध्यक्ष पुष्प ओलीले बताए ।