सोमबार ०७ पुस, २०८२

राप्रपा प्रवक्ताको जिम्मेवारीबाट लावती पदमुक्त

राप्रपा प्रवक्ताको जिम्मेवारीबाट लावती पदमुक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रवक्ताको जिम्मेवारीबाट सगुनसुन्दर लावतीलाई पदमुक्त गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले लावतीलाई पदमुक्त गरेको प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

पार्टीका एक नेताका अनुसार, उनले पार्टीका हित विपरीत गतिविधि गरेको पाइएपछि अध्यक्ष लिङ्देनले प्रवक्ताको जिम्मेवारीबाट हटाएका हुन् ।

‘निरन्तर पार्टी हितविपरीत गतिविधिमा क्रियाशित भइरहेको, पार्टी र नेतृत्वको बारेमा भ्रमपूर्ण समाचार आइरहेको स्रोत उनी नै पुष्टि भएपछि उहाँलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको हो,’ ती नेताले भने, ‘पार्टीलाई विभाजित ल्याउने कुरामा संलग्न भएको, अध्यक्ष पशुपतिशमशेर जबराको बीचमा फाटो ल्याउने गतिविधिमा संलग्न रहेको पुष्टि भएपछि हटाइएको हो ।’

त्यस्तै, अध्यक्ष लिङ्देनले पार्टीको केन्द्रीय अनुसन्धान समितिको अध्यक्षमा सांसद रोशन कार्कीलाई मनोनयन गरेका छन् ।