रामहरि खतिवडाको प्रश्न : संसद्मा ठूलो ड्रोन खसेको घटना के हो ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले असार २३ गते बेलुका संसद्मा खसेको ड्रोनबारे जानकारी माग गरेका छन्।
बुधबार प्रतिनिधि सभामा बोल्दै उनले यही असार २३ गते संसद्मा ठूलो ड्रोन खसेको भन्ने समाचार बाहिरिएको र त्यो के हो भन्दै प्रश्न गरेका हुन्।
उनले भने,'असार २३ गते बेलुका ९ बजेदेखि ९ ३० सम्म यही संसद्को बायाँपटि एउटा ठूलो ड्रोन खस्यो भन्ने समाचार छ। कहाँबाट आयो त्यो ड्रोन, के का लागि आएको थियो। संसद्मा आएर खस्दा संसद्ले थाहा पायो की पाएन् ? यस्ता विभिन्न ठाउँमा ड्रोनबाट सूचना लिने कामहरू भएको र अन्तर्राष्ट्रिय रुपमा आंतकबादी गतिविधि भइरहँदा यस्तो गम्भीर चासोको विषयमा के भएको हो ?'
