सोमबार ०७ पुस, २०८२

त्रिविको उपकुलपतिका लागि तीनजना सिफारिस, नाम गोप्य

त्रिविको उपकुलपतिका लागि तीनजना सिफारिस, नाम गोप्य

काठमाडौं। उपकुलपति छनोट सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई सोमबार नाम सिफारिस गरेको हो । तर तीन जनाको नाम भने सार्वजनिक गरिएको छैन ।

उपकुलपतिको लागि १२ जना प्रतिस्पधर्मामा थिए । त्यसमध्ये पनि प्रा।डा खड्ग केसी, प्रा।डा। विनिल अर्याल, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा।डा उपेन्द्र कोइराला र प्राध्यापक डिल्ली उप्रेतीको चर्चा बढी छ ।

ओलीले ६ जेठमा सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए ।

केसरजङ्ग बरालले १५ चैतमा राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो । अब तीन जनाबाट एक जनालाई कुलपति ओलीले उपकुलपतिमा नियुक्त गर्ने छन् ।