उपाधि विजेता यू-१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको सम्मान
काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप विजेता नेपाली क्रिकेट टोली राष्ट्रपतिबाट सम्मानित भएका छन् ।
सोमबार विहान राष्ट्रपति कार्यालयमा एक कार्यक्रम गरी खेलाडीहरूलाई सम्मान गरिएको हो ।
नेपाली यू-१६ टोलीले शनिबार एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको थियो ।
लगातार यू-१६ क्रिकेटको उपाधि जितेको नेपालै टोलीले यसअघि सन् २०१७ र २०१९ मा भएको इस्टर्न रिजन प्रतियोगिता जितेको थियो ।
त्यस्तै २०२३ मा यू-१६ इस्ट जोन कपकै नामको प्रतियोगिता नेपालले जितेको थियो ।
नेपाली टोली आइतबार बेलुकी स्वदेश फर्किएको हो ।
