आइतबार ०६ पुस, २०८२

संसदीय समितिका माननीयलाई भेडाबाख्रा बनाउन खोजियो : देवेन्द्र पौडेल

संसदीय समितिका माननीयलाई भेडाबाख्रा बनाउन खोजियो : देवेन्द्र पौडेल

काठमाडौं। माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षा समितिका माननीयलाई भेडाबाख्रा बनाउन खोजिएको आरोप लगाएका छन् ।

आइतबार शिक्षा समितिको बैठकमा बोल्‍दै पौडेलले संसदीय समितिमा कुनै पार्टीको ह्विप नलाग्ने भन्‍दै आपत्ति जनाए ।

उनले प्रश्‍न गर्दै भने, ‘शिक्षा समितिको बैठक कहाँ घुमिरहेको छ ? यो संसदीय समिति हो। यहाँ पार्टीको कुनै ह्विप लाग्दै। तर समितिको माननीयलाई भेडाबाख्रा बनाउन खोजियो, त्यो बनाउन मिल्दैन।’

उनले समितिको बैठकमा छिनछिनमा निर्णय फेर्ने मान्य नभएको भन्‍दै विद्यालय शिक्षा विधेयक चाँडै टुंगो लगाउन माग गरे । ‘छिनछिनमा निर्णय फेर्ने यो मान्य भएन ।विधेयक चाँडै टुंगो लगाइयोस्।’ उनले भने ।