सोमबार ०७ पुस, २०८२

सञ्चारकर्मीसँग साक्षात्कार नगरी विमानस्थलबाट निस्किए प्रधानमन्त्री ओली

सञ्चारकर्मीसँग साक्षात्कार नगरी विमानस्थलबाट निस्किए प्रधानमन्त्री ओली

काठमाडौं । स्पेनको औपचारिक भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग साक्षात्कार नगरी फर्किएका छन् ।

विदेश भ्रमणबाट फर्कंदा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने प्रचलन रहे पनि आज भने उनले त्यसो गरेनन् ।

गत १४ असारमा स्पेन गएका प्रधानमन्त्री ओली आज फर्किएका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले विमानस्थलको मिडिया कक्षमा  प्रधानमन्त्री ओली उपस्थित नहुने जानकारी गराए ।

प्रधानमन्त्रीको तर्फबाट तयार पारिएको नोट उनै राईले प्रस्तुत गरिरहेका छन् ।