सोमबार ०७ पुस, २०८२

जुवातास खेलेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ

जुवातास खेलेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ

काठमाडौं । जुवातास खेलेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका–२ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुत समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ४ सय ३० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।