सोमबार ०७ पुस, २०८२

डा.शैल रुपाखेती तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त

डा.शैल रुपाखेती तीन देशका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनीका लागि नेपाली राजदूतलाई अन्‍य ३ देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति पौडेलले जर्मनीका लागि नेपाली आवासीय राजदूत डा. शैल रुपाखेतीलाई युक्रेन, गणतन्त्र बुल्गेरिया र चेक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।