सोमबार ०७ पुस, २०८२

शिक्षकको आन्दोलन हावादारी र औचित्यहीन थियो : प्रभु हजरा

शिक्षकको आन्दोलन हावादारी र औचित्यहीन थियो : प्रभु हजरा

काठमाडौं। नेकपा एमालेका सांसद प्रभु हजराले शिक्षकको आन्दोलन हावादारी र औचित्यहीन भएको बताएका छन् ।

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै हजराले यस्तो बताएका हुन् ।

उनले भने, ‘शिक्षक महासंघको आन्दोलन हावादारी थियो । जरुरी नै थिएन । त्यो बेलाका औचित्यहीन आन्दोलन थियो ।’

उनले विद्यालय शिक्षक विधेयक आजै टुंग्याएर जानु पर्ने भन्‍दै शिक्षामन्त्रीले समय नदिएकै कारण उपसमितिको पैतिवेदनमा समेत अघि बढ्न नसकसेको आरोप लगाए।

‘आज किन रोक्न ल्याउन चाहनु भयो ? विद्यालय शिक्षक विधेयक भनेर ल्याउन खोजेको हो ? प्रमुख सचेतक आएर अल्झाउन पो पठाएको हो कि ? टुङग्याएर जाऔं,’ उनले भने, ‘मन्त्रीजीले समय नदिएकै कारण उपसमितिको पैतिवेदनमा समेत अघि बढ्न ढिलाइ भयो ।’

उनले विद्यालय शिक्षक विधेयक निजामती सेवाभन्दा अघि नै पारित हुने दाबी समेत गरे । विद्यालय र विद्यार्थी, शिक्षकको हित हुने खालको विधेयक आउने उनले विश्वास व्‍यक्त गरे । अब पनि कुनै कोठामा सहमती गरेर विद्यालय ल्याउन जरूरी नरहेको औल्याए।

उनले भने, ‘अब पनि कुनै कोठामा सहमती गरेर ल्याउन औचित्य छैन । अमुख मान्छेको गोप्य सहमती गरेरल्याउन जरुरी छैन । विद्यालय र विद्यार्थी, शिक्षकको हित हुने खालको विधेयक आउनेछ ।’

प्रधानमन्त्रीले यो विधेयक चाँडै संसदमा दिन दिनुस भनेर स्पेन जानू भएको उनले बताए । ‘प्रधानमन्त्रीले छिटो विधेयक दिनुस भनेर स्पेन जानू भएको छ । प्रधानमन्त्रीले भनेर जानू भर्को छ ।’ उनले भने ।