प्रधानमन्त्री ओली राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी सम्मेलनमा सहभागी
बार्सिलोना। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनमा भाग लिएका छन् ।
सेभिया आइपुगेका प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रमा सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार सम्मेलनमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव अमृत राईलगायतका नेपाली प्रतिनिधिमण्डल सहभागी छन् ।
यसअघि आइतबार साँझ सेभियामा प्रधानमन्त्री ओलीले स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँग भेट गरेका थिए ।
भेटमा सान्चेजले आफू नेपाल भ्रमणका लागि इच्छुक रहेको जनाएपछि प्रधानमन्त्री ओलीले उनलाई निमन्त्रणा दिएका थिए ।
