एकीकृत समाजवादीको विद्यार्थी संगठनमा समनान्तर नेतृत्व
काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूमा समानान्तर नेतृत्व घोषणा भएको छ ।
नरेश न्यौपानेको नेतृत्वमा समानान्तर नेतृत्व घोषणा भएको हो । यो कमिटीको महासचिव प्रकाश श्रेष्ठ चयन भएका छन् । न्यौपाने र श्रेष्ठले सर्कुलर पठाएर समानान्तर कमिटी बनेको जानकारी दिएका हुन् ।
आरती लामालाई अध्यक्षबाट हटाएर एकीकृत समाजवादीले महेश श्रेष्ठको नेतृत्वमा अनेरास्ववियू गठन गरेको थियो । तर श्रेष्ठ नेतृत्वको कमिटीप्रति असन्तुष्टि जनाउनेहरूले न्यौपानेलाई अध्यक्ष बनाएका छन् ।
