सोमबार ०७ पुस, २०८२

संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन

संसद्को रोष्ट्रममै प्रभु साहले च्याते निजामती विधेयकको प्रतिवेदन

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयकको प्रति च्यातेका छन् ।

संसदमा विचाराधीन निजामती सेवा विधेयकले सबै नागरिकलाई समान रुपमा नहेरेको भन्दै उनले विधेयकको प्रति नै च्यातेका हुन् ।

निजामती विधेयकपास भएको साक्षी आफू रहन नसक्ने भन्दै उनले रोष्ट्रममै विधेयकको प्रति च्याते । ‘अब गरिबले लोकसेवा दिन नपाउने ?’ साहले भने, ‘कित भन्नुपर्‍यो अब कसैले ट्वाइलेटमा सफा गर्ने छैन । पिउनको काम कसैले गर्ने छैन । ड्राइभरको काम कसैले गर्ने छैन । गर्नेछ भने तिनको जीवन जीवन होइन ?’

विधेयकले कमजोर पक्षको सुरक्षा गर्नुपर्नेमा तल्लो तहमा काम गर्नेको सुरक्षा निजामती विधेयकले नगरेको बताए ।

‘तर आज तिन (तल्लो स्तरमा काम गर्ने श्रेणिविहिन कर्मचारी)लाई रुवाउने विधेयक हामीलाई स्वीकार्य छैन’ साहले थपे, ‘नेपाली जनतालाई रुवाउने कामको साक्षी म बन्न सक्दिन । सांसदहरूलाई पनि नबन्नुहोस् भनेर हाग्रह गर्न चाहन्छु ।’

यति भनेर उनले बैठक बहिष्कार गर्ने जानकारी गराउँदै निजामती विधेयकको प्रति च्यातेर रोष्ट्रमबाट हिँडे ।