सोमबार ०७ पुस, २०८२

३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं ।  बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्ने भएको छ ।

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ६३ दिन अवधिका लागि ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

राष्ट्र बैंकले बोलकबोलमा ल्याउन निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन पेस गर्न सक्नेछन् ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । यसको साँवाब्याज आगामी १५ भदौमा भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउँछन् ।