सोमबार ०७ पुस, २०८२

गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति चच्याङको अध्यक्षमा भण्डारी

गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति चच्याङको अध्यक्षमा भण्डारी

काठमाडौं । चीनको चच्याङ क्षेत्रमा बसेर व्यवसाय गर्ने व्यवसायीबाट गठित गैर आवासिय नेपाली संघ क्षेत्रीय समिति चच्याङको अध्यक्षमा गोविन्द भण्डारी चयन भएका छन् ।

चच्याङ यीवुको होटल सांग्रिलामा १४ असारमा सम्पन्न संघ क्षेत्रीय समिति चच्याङको सातौं महाधिवेशनबाट २०२५(२०२७ का लागि भण्डारी अध्यक्षमा चयन भएका हुन् ।

कार्यसमितिको उपाध्यक्षमा सुजित ब्यान्जु, महासचिवमा जीवन मैनाली, सचिवमा प्रविन ज्ञवाली र कोषाध्यक्षमा राजु मगर चयन भए ।

सदस्यहरूमा सुवास भट्टराई, राजन देवकोटा, देवेन्द्र बुढाथोकी, माया मगर, अर्जुन रेग्मी, लक्ष्मण शर्मा, धर्मप्रसाद पराजुली र ललित कार्की चयन भएको संघले जनाएको छ ।

एनआरएनए आरसी चच्याङ (२०२३–२५) अध्यक्ष आकाश गुरुङको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि एनआरएनए एनसीसी चीनका उपाध्यक्ष यादव अर्याल थिए ।

कार्यक्रममा एनसीसी चीनका उपाध्यक्ष राजकुमार खरेल, महासचिव, सचिव, सल्लाहकार तथा अन्य पदाधिकारीहरूको उपस्थिति थियो। नयाँ कार्यसमितिका पदाधिकारीलाई निवर्तमान अध्यक्ष विमलराज कँडेलले सपथ ग्रहण गराएका थिए ।