जगन्नाथ रथयात्रा महामहोत्सव (फोटोफिचर)
काठमाडौँ । काठमाडौँमा ४३ औँ ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्य रूपमा सम्पन्न भएको छ। शुक्रबार नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन नेपाल) द्वारा आयोजित महामहोत्सव भव्य रूपमा भएको हो ।
धार्मिक आस्था, भक्ति र सांस्कृतिक विविधताले भरिएको यस रथयात्रामा हजारौँ भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको छ। कार्यक्रम कमलादीबाट सुरु भई घण्टाघर, दरबारमार्ग, पुतलीसडक, प्रदर्शनी मार्ग, भद्रकाली, एनएसी, न्युरोड, वसन्तपुर हुँदै पुनः न्युरोडमार्गबाट टुँडिखेलमा समापन गरिनेछ।
