सोमबार ०७ पुस, २०८२

एमाले सचिवालय बैठक सुरु, अध्यक्ष ओलीले तिरे लेबी

एमाले सचिवालय बैठक सुरु, अध्यक्ष ओलीले तिरे लेबी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ ।

दिउँसो १ बजेका लागि तय भएको बैठक ३ बजेका लागि सारिएको थियो ।

बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा पुगेका प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् ।