बजेट समयमै नआएपछि तर्जुमा समितिले गरायो बालेनको ध्यानाकर्षण
काठमाडौं । ६ मध्ये अन्य पाँच महानगरपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ का लागि निर्धारित समयमै बजेट ल्याए पनि सबैभन्दा ठूलो काठमाडौं महानगर निर्धारित मितिमा बजेट ल्याउनबाट चुकेपछि बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन्द्र साह (बालेन)को ध्यानाकर्षण गराएको छ ।
मंगलबार राति अनौपचारिक रूपमा बसेको बजेट तर्जुमा समिति बैठकले मेयर साहलाई अझै पनि बजेट ल्याउने विषयमा बेवास्ता नगर्न र गम्भीर बन्न ध्यानाकर्षण गराउने निर्णय गर्दै आज पत्र बुझाएको हो ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले काठमाडौं टावरको तला थप्न स्वीकृत दिएको आरोप लगाएर कार्यालय प्रवेशमै रोक लगाएपछि महानगरमा विवाद चुलिएको थियो । त्यसैलाई बहाना बनाएर मेयर साह हरेक बैठकबाट भागेपछि बजेट निर्धारित समयमा आउन नसकेको समितिको ठहर छ ।
