टिकटकर बस्नेत पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन
काठमाडौं। टिकटकर रमा बस्नेतलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन परेको छ ।
रमाका बाबु बलदेव बस्नेतले दायर गरेको निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाई भइसकेको छ ।
बलदेवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साईबल ब्यूरो लगायत विरुद्ध निवेदन दिएका हुन् ।
प्रहरीले टिकटकर बस्नेतलाई विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा पक्राउ गरेको थियो । टिकटकर बस्नेतले बनाएका कतिपय भिडिओले उक्त कानुनको उल्लंघन भएको प्रहरीको जिकिर छ ।
