सोमबार ०७ पुस, २०८२

भिजिट भिसा प्रकरण : सरकारले बनायो उच्चस्तरीय छानबिन समिति, गृहमन्त्रीले गराए सदनलाई जानकारी

भिजिट भिसा प्रकरण : सरकारले बनायो उच्चस्तरीय छानबिन समिति, गृहमन्त्रीले गराए सदनलाई जानकारी

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा  भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति बनाएको प्रतिनिधिसभामा जानकारी गराएको छ ।

गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको प्रस्तावमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समिति बनाएको जानकारी सदनमा गराएका हुन् । 

यो समिति सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र०सँग जेठ ३० गते भएको दुई बुँदे सहमति अनुरूप समिति बनाइएको जानकारी दिए । 

समितिलाई अध्यागमन र भिजिट भिसासँग सम्बन्धित विषयमा अख्तियारको अनुसन्धानमा असर नपर्ने गरी छानबिन गर्न कार्यादेश दिइएको जानकारी गृहमन्त्री लेखकले दिए । 

सरकारले हिजो पूर्वमुख्यसचिव शंकरदाश वैरागीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।