मन्त्रीको अनुपस्थितिमै बजेट छलफल, सत्तारुढ दलकै सांसदले उठाए प्रश्न
काठमाडौं । सम्बन्धित मन्त्रीको अनुपस्थितिमै बजेटको मन्त्रालयगत छलफल अघि बढेको छ । यसप्रति सत्तारुढ दलकै सांसदले प्रश्न उठाएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नै सदनमा मन्त्री अनुपस्थित भएको भनेर प्रश्न उठाएका हुन् ।
सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
माओवादी केन्द्र सहितका दलले समेत संसद्मा मन्त्रीको अनुपस्थिति रहेको भनेर प्रश्न उठाएका छन् । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई हेपेको भनेर टिप्पणी गरे ।
