सोमबार ०७ पुस, २०८२

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश

काठमाडौँ । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।  

बिहीबार न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले गत सोमबार जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई  निरन्तरता दिँदै धरपकड नगर्न आदेश दिएको हो ।

पाठकले दायर गरेको निषेधाज्ञा निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै गत सोमबार न्यायाधीश ऋषि राजभण्डारीको इजलासले कानुनबमोजिम बाहेक पक्राउ तथा धरपकड नगर्न अल्पकालीन आदेश जारी गरेको थियो ।