सोमबार ०७ पुस, २०८२

आफ्नै निर्णयबाट पछि हटे बालेन, चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी

आफ्नै निर्णयबाट पछि हटे बालेन, चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले चार जना वडाध्यक्षहरूलाई पुरानै जिम्मेवारी दिएका छन्।

यसअघि मेयर साहले वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरको जिम्मेवारी खोसेका थिए।

उनीहरू क्रमश: सम्पदा तथा पर्यटन, विधायन, सुशासन र सूचना तथा प्रविधि समितिकाे जिम्मेवारीमा थिए। मेयर साहले केही समयअघि उनीहरूलाई जिम्मेवारीबाट हटाएका थिए। अहिले उनीहरूलाई पुरानै जिम्मेवारी दिइएको हो।

उनीहरूलाई हटाएर  अन्य चार वडाध्यक्षलाई जिम्मेवारी दिइएको थियो। तर, मेयर साहले दिएको जिम्मेवारी लिन वडाध्यक्षहरूले अस्वीकार गरेका थिए।

सुशासन समिति संयोजकको जिम्मेवारी पाएका  वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिको जिम्मेवारी पाएका वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी र सूचना प्रविधि समितिको जिम्मेवारी पाएका वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतीले विज्ञप्ति जारी गर्दै जिम्मेवारी अस्वीकार गरेका थिए।

विधायन समितिको जिम्मेवारी भने वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको थियो।